
परासी । अविरल वर्षाका कारण आएको बाढीले नवलपुरको मध्य विन्दू र विनयी त्रिवेणीमा डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड मंगलबार रातिदेखि अवरुद्ध भएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रको सडक खण्डका तीन वटा डाइभर्सन बाढी बगाएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक स्तरोन्नतीका क्रममा सवारी पार गराउन बनाइएका डाइभर्सन खहरेखोलामा आएको बाढीले बगाएको हो ।
सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी साधनहरुको लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन् । पानी क्रम जारी रहेकाले नयाँ डाइभर्सन बनाएर सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक जयराम पन्तले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्