
काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ ।
सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको हो । करिब ६ बजेदेखि सुरू भएको आगलागी करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयले दमकल प्रयोग गरेर निभाएका हुन् ।
आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्