१८ फाल्गुन २०८१, आइतबार | Mon Mar 3 2025


सुनको मूल्य बढ्दा चाँदी भने घट्यो


247
Shares

काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाँहि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबार १५ रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।