
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भन्नेबारे सोच्ने बेला भएको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा बुधबार गरिएको कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको बताउनुभयो ।
लागेको ठेक्काबाट पनि मल नआएको भन्दै उहाँले भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिक टन यूरिया मल दिने भनेको जानकारी दिनुभयो । कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उहाँले डिएपी भने पुग्ने र आउने क्रममा रहेको बताउनुभयो ।
पेट्रोलियम पदार्थ आयात गरेजस्तै गरी मल आयातको व्यवस्था मिलाउन उहाँको सुझाव छ ।
कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिन चलाएर धान रोप्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्