१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालियाे


767
Shares

सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएकाे छ ।

लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा रातो बत्ती बालिएकाे हाे। सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएकाे हाे ।

सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोशीका ५६ ढोका मध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।