१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्छ : सभापति शाह


65
Shares

काठमाडौं । सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले अब लेखापरीक्षण गर्दा जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार महालेखापरीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभापति शाहले अन्तर्राष्ट्रिय अभ्यास जोखिममा आधारित लेखा परीक्षण हुने भएकाले नेपालमा पनि जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्ने बताउनुभएको हो । उहाँले महालेखा परीक्षकको ठूलो जिम्मेवारी भएकाले ऐन कानून परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सभापति शाहले लेखापरीक्षक कार्यालयले ६ हजारदेखि १० हजार युनिटको लेखा परीक्षण गर्ने गरेको भन्दै अब जोखिममा आधारित लेखा परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले अमेरिकामा ५ सय तथा भारतमा ७ सय युनिटको मात्रै लेखा परीक्षण गर्ने गरेको बताउनुभयो ।

सभापति शाहले अब लेखापरीक्षक कार्यालयले जहाँ अर्बौंका ठेक्का र खर्बाैं कारोबार भएर बढी जोखिम भएका तथा बढी भ्रष्टाचार हुने युनिटहरूमा मात्रै लेखापरीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले अब लेखा परीक्षणमा २० वर्षदेखिको कम्प्युटर, ल्यापटप दिनुपर्ने देखाएर बेरुजु देखाउनु जरुरी नभएको बताउनुभयो ।

सभापति शाहले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक भएका अप्ठ्यारो परिस्थिति रहेको बताउनुभयो । अहिलेको परिस्थिति नेपालको मात्रै नभएको भन्दै उहाँले कोरोना महामारीको बेला अमेरिकाले जथाभावी डलर छापेर बजारमा पठाएकाले विश्वभर समस्या भएको बताउनुभयो ।

सभापति शाहले नेपालमा अझै शेयर मूल्य,बजार मूल्य र बैंकको ब्याजदर बढ्दै जाने बताउनुभयो ।