१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज संसद दिवस मनाइँदै


13
Shares

काठमाडौं । आज बिहीबार संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिहीबार विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ ।

नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ ।

सांसदमञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुनेछ ।

दिवसका अवसरमा संघीय संसद भवन नयाँ वानेश्वरमा पूर्व सांसद मञ्चले संसद दिवस विशेष कार्यक्रम आयोजना गरेको छ ।

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले दुईपटकको संसद् विघटन, कोरोना संकटलगायतका विभिन्न समस्याहरूका बीचबाट संसदले आफ्ना कार्य निरन्तर अघि बढाइरहेको बताउनुभएको छ ।

संसद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सापकोटाले आफ्ना सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने बताउनु भएको छ ।