८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको गर्भनर अधिकारीको दाबी


26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ ।

नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव-निर्वाचित कार्यसमितिको सपथ गराउँदै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताउनु भएको हो । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताउनु भयो ।

उहाँले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताउनु भयो । गभर्नर अधिकारीले चार्टड एकाउण्टेन्ट्सहरूले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताउनु भयो ।

संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड एकाउण्टेन्ट्स संघ तयार रहने बताउनु भयो । उहाँले चार्टड एकाउण्टेन्ट्सहरू विभिन्न संघसंस्थाहरूको प्रमुख भुमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्नसकिने बताउनु भयो ।

संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन हुनुभएको छ ।