
सुनसरी । वर्षात रोकिएसँगै सुनसरीको अबस्था सामान्य भएको छ । बाढिका कारण भएका बस्तीको पानी निकास र सुक्न थालेपछी सुनसरीको डुबान क्षेत्रको अबस्था सामान्य भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताउनुभयो ।
सुनसरीमा बाढिका कारण एक हजार घरपरिवार डुबानमा परेका थिए भने तीन सय घर परिवार बिस्थापित भएका थिए ।
बर्षात रोकिएसँगै बिस्थापित परिवारलाई घर फर्काउन थालिएको प्रमुख जिल्ला अधिकारी यादबले जानकारी गराउनुभयो । उहाँले घरबार बिहिन भएकाहरुलाई आवश्यक राहतको ब्यबस्थापन गरि पुनर्स्थापित गर्ने पहल भैरहेको बताउनुभयो ।
डुबानमा परेकाहरुलाई रेडक्रस लगायतका संघसस्थाले कुनै प्रकारको सहयोग नगरेको पीडितहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्