१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली सरकारले काम नगर्दा जनतामा निराशा छाएको नेता खनालको टिप्पणी


728
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुई तिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका सम्मानित नेता खनालले मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाइदिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह समेत गर्नुभयो ।

संविधानले समाजवादी बाटोतिर जान निर्देश गरे पनि सरकार र राजनीतिक दलहरूले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उहाँको निष्कर्ष थियो ।

६४औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाए पनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

सम्मानित नेता खनालले नयाँ संविधान निर्माण भएपछि बनेका सरकारहरूले आफ्नै भूगोल अनुरुपको एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।