
पाँचथार । प्रदेश १ मा दलितहरूको निम्ति ल्याउन लागिएको दलित सशक्तीकरण विध्येकको लागि सुझाव संकलन कार्य शुरु गरिएको छ ।
प्रदेश १ अन्र्तगत १४ वटा जिल्लालाई समेट्दै ४ वटा केन्द्र बनाएर छुवाछुतमुक्त प्रदेश कार्यान्वयन अभियानका लागि ल्याउन लागिएको दलित सशक्तिकरण विधेयकको लागि सरोकारवाला ब्यक्तिहरु सित राय सुझाव संकलन कार्य थालिएको हो ।
पाँचथर, इलाम र ताप्लेजुङको केन्द्र पाँचथरको फिदिममा, झापा, मोरङ, सुनसरी जिल्लाको इटहरीमा, सोलखम्बु, ओखलढुंगा, उदयपुर, खोटाङको दिक्तेलमा, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर जिल्लाको धनकुटामा एकै साथ बिहीबार विधेयकको मस्यौदाको लागि सुझाव संकलन गरिएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत बलराम पराजुलीले बताउनुभयो ।
विधेयकको निम्ति पाँचथर जिल्लामा भएको राय सल्लाह सुझावमा भने दलितका छोरोछोरीहरूलाई उच्च शिक्षामा छात्रवृति, निुशल्क स्वास्थ्य उपचार, छुवाछुत कार्यान्वयनको निम्ति स्थानीय स्तरमा गठित अनुगन समिति तय गर्नुपर्ने लगायतका राय सल्लाह सुझावहरू आएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्