
काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दवाव दिने निस्कर्ष निकालेका छन् ।
बिहीबार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरूको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दवाव दिने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताउनुभयो । उहाँले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताउनुभयो ।
‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महंगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौं ।’
नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले बैठक शुक्रबार २ बजे पुनः बस्नेगरी स्थगित भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्