४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


राफायल नाडाल तेस्रो चरणमा


26
Shares

काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

घाँसे कोर्टमा हुने वर्षको एकमात्र ग्राण्डस्लाम विम्बल्डनको दोस्रो चरणमा लिथुआनियाका रिकार्डास बेरान्किसलाई ३–१ को सेटमा हराउँदै नाडाल तेस्रो चरणमा उक्लेका हुन् । बेरान्किस विरुद्धको खेल नाडालले ६–४, ६–४, ४–६ र ६–३ को सेटमा जिते ।

करियरमा सर्वाधिक २२ ग्राण्डस्लामको उपाधि जितेका किर्तीमानी खेलाडी नाडाल यसपटक लगातार तेस्रो ग्राण्डस्लामको खोजीमा छन् । दोस्रो वरियताका नाडालले अब तेस्रो चरणमा इटालीका लोरेन्जो सोनेगोसँग प्रतिस्पर्धा गर्नेछन् ।

जारी विम्बल्डनमा पुरुष एकतलर्फ नाडाल र सर्वियाका नोभाक जोकोभिचलाई उपाधिको मूख्य दावेदार मानिएको छ । जोकोभिचले तेस्रो चरणको खेलमा आज आफ्नै देशका मियोमिर केस्मानोभिचसँग खेल्नेछन् ।