१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते


104
Shares

काठमाडौं । दाङमा बिहीबार राति पौने नौ बजे एउटा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

घोराहीबाट सौंडियार जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा दुई वटा साइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका–१५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही–१५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको हो ।

उनीहरू दुवै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको बताईएको छ ।

यस्तै, दुर्घटनामा मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका–७ बस्ने ३८ वर्षीय बसन्त चौधरी र अर्का साइकल यात्री सोही वडाका सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी घाइते भएका छन् । दुवैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।