१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


494
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश-१, बागमती प्रदेश र कर्णाली प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो भने देशभर सामान्य बदली हुने भएकाे छ । साथै देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, देशभर अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश-१ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।