
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महानायक राजेश हमालबीच आज (शुक्रबार) भेटवार्ता भएको छ ।
शुक्रबार बिहान खुमलटारस्थित उहाँकै निवासमा पुगेर महानायक हमालले अध्यक्ष प्रचण्डलाई भेट्नुभएकाे हाे । उहाँहरुबीच करिब आधा घण्टा भएकाे भेटवार्तामा देशको समसामयिक राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको हाे । साथै चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिक विषयमा पनि छलफल भएको बुझिएको छ ।
पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्याइरहेको असरप्रति महानायक हमालले अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराउनुभएकाे छ । सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा महानायक हमालले असन्तुष्टि समेत व्यक्त गर्नुभएकाे जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्