
फाइल तस्बिर
काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले वर्तमान सरकारको ध्यान संवैधानिक व्यवस्थाअनुसार संघ र प्रदेशको निर्वाचन गराउन केन्द्रित भएको बताउनुभएको छ ।
दाङको लमहीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आज (शुक्रबार) यस्ताे बताउनुभएकाे हाे । मन्त्री चौधरीले आगामी मंसिर २१ गतेकाे आसपासमा निर्वाचनकाे मिति घोषणा हुने बताउनुभयो । निर्वाचनको मिति मन्त्रीपरिषद् बैठकबाट तोकिने उहाँले जानकारी दिनुभयो । राजनीतिक दलहरूको सहमति कायम गरेर सरकारले निर्वाचनको मिति तोक्ने उहाँको भनाइ छ।
लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्दै उहाँले सरकारको प्रमुख ध्यान नै निर्वाचनमा हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्