१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


करेन्ट लागेर घाइते भएका शाहको हेलिकप्टरबाट उद्धार


637
Shares

बैतडी । करेन्ट लागेर घाइते भएका एक कामदारको बैतडीबाट हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

काठमाडौं टोखा नगरपालिकाका ४० वर्षीय सुमन विक्रम शाहलाई दिउँसो १ बजे जिल्लाको खोडपेबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । उनलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्‍याइएको थियो ।

नेपाल टेलिकमको समन्वयमा गम्भीर घाइते भएका शाहलाई माउन्टेन हेलीको हेलिकप्टरबाट उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।