१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शेयर बजारमा पुनः गिरावट


130
Shares

काठमाडौं । बिहीबार भारी अंकको उकालो लागेको शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन भने गिरावट आएको छ ।

शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले घटेर ३८८.६२ विन्दुमा आएको छ ।

बजार घट्दा त्यसको प्रत्यक्ष प्रभाव कारोबार रकममा देखिएको छ । बिहीबार २ अर्ब ४५ करोडको कारोबार भएकोमा शुक्रबार भने ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ ।

१३ उपसूचक समूहमा व्यापार, फाइनान्स र माइक्रोफाइनान्स सामान्य अंकले बढ्दा अन्य समूहहरू ऋणात्मक रहे । यसदिन आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् ।