
काठमाडौं । नेपालमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२ हजार ८ सय १४ जनामा गरिएको परीक्षणमा ५० जनामा संत्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १८ जना संक्रमित संक्रमणमुक्त हुँदा १ लाख ७८ हजार ७८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सोही अवधिमा संक्रमणबा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर २ सय ९७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्