१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माछापुच्छ्रे बैंकले खोल्यो धादिङको सिम्लेमा नयाँ शाखा


78
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ्ग स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि नयाँ शाखाको समुदघाटन गरेको हो । योसँगै बैकको शाखा कार्यालय १६५ वटा पुगेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा गर्नुभएको थियो । उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालको पनि उपस्थिती रहेको थियो ।

यो नयाँ शाखासँगै धादिङ जिल्लामा मात्रै बैंकका ४ वटा शाखा सञ्चालनमा आएका छन् ।माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।