१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै


13
Shares

काठमाडौं । सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै गएकाे छ।

सुडानमा सत्तारुढ जनरलहरुको विरोधमा प्रदर्शनका क्रममा ९ जनाको मृत्यु भएसँगै हजारौंले जुलुस निकालेका हुन् ।राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरुको दमनको विरोध गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले सो हिंसात्मक घटनाको निन्दा एवं भत्सना गरेका छन् । गत अक्टोबरमा भएको राजनीतिक ‘कू’ गरेको विरोधमा भइरहेका प्रदर्शनलाई सरकारी अधिकारीहरुले दमन गर्दा हालसम्म १८ बालबालिकासहित १ सय १३ जनाको मृत्यु भइसकेको छ ।

सरकारी अधिकारीहरुकाे दमनसँगै इन्टरनेटलगायतका सञ्चार सेवाहरु पनि विच्छेद गरेको समाचारमा जनाइएको छ । आन्दोलनरत सर्वसाधारणको जमघट कम गर्न सरकारी अधिकारीहरुको निर्देशनमा इन्टरनेट सेवा अवरुद्ध पारेको सेवा प्रदायकहरुले जनाएका छन् । सुडानस्थित विभिन्न दूतावास तथा मानवअधिकारवादी संघसंस्थाहरुले भने सरकारी दमनको विरोध गर्दै लोकतन्त्रमा विरोधीहरुको मतको सम्मान गर्न आग्रह गरेका छन् ।