
फाइल तस्विर
काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५ सय १ जनाको मृत्यु भएको छ ।
२०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशकका विभिन्न जिल्लाहरूमा भएका विपद्का घटनामा १ सय ८२ पुरुष, १ सय ८ महिला र १ सय ४३ बालबालिकाको ज्यान गएको हो ।
सो अवधिमा एक हजार ७ सय १ विपद्का घटना भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
यस्तै प्रदेशमा एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस्