
web pic
काठमाडौं । बागलुङको गलकोट नगरपालिका रिघाफेदीमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार विहान बस काठमाडौंदेखि रुकुम जाँदै गरेको बा ३ ख ९१८० नम्बरको बसको ढोकाबाट बस्नेत अचानक सडकमा खसेका थिए ।
बसबाट खसेपछि गम्भीर घाइते बस्नेतलाई उपचारका लागि गलकोटको हटियास्थित स्थानीय क्लिनिक लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि बसचालक लालबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्