१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुमको छथर गाउँपालिकाका किसानलाई परिचय पत्र वितरण


78
Shares

तेह्रथुम । जिल्लाको छथर गाउँपालिकामा किसान परिचय पत्र वितरण सुरु भएको छ ।

गाउँपालिकाको सबै वडाहरूमा डिजिटल परिचय पत्र वितरण सुरु गरेका कृषि शाखाले जनाएको छ । २७ सय १८ किसानहरूको घरमै पुगेर तथ्याङ्क संकलन गरी परिचय पत्र तयार गरिएको कृषि शाखा प्रमुख हिम थापाले जानकारी दिनुभयो ।

किसान परिचयपत्र गाउँपालिकाबाट सेवा प्रवाहमा अनिवार्य प्रयोगमा ल्याउने र परिचयपत्रको आधारमा किसानलाई कृषि कार्यक्रमसँग जोड्ने गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।