१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनआईसीको मोवाइल बैंकिङ्ग एप नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने


468
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, आईसर्भ, वेभसाईट र इन्टरनेट नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

यस सुविधा मार्फत एनआईसी एशियाका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया मोवाईल बैंक एप, आईसर्भ वेभसाईट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि एनआईसी एशिया मोवाइल बैंक एप, आईसर्भ वेबसाइट तथा इन्टरनेट बैंकिङ जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब नेपाल टेलिकम र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी बैंकका ग्राहकहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सकिने छ । बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहकरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रवर्द्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । एनआइसी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक पनि हो ।