
काठमाडौं। कर्णाली प्रदेश सरकारले यहि असारको १५ दिनमा ५ प्रतिशत बजेट खर्च गरेको छ ।
चालूआर्थिक वर्षको ११ महिनामा ३० दशमलव २१ प्रतिशत बजेट अर्च गरेको प्रदेश सरकारले छोटो समयममा ठूलो रकम खर्च गरेको हो । प्रदेश सरकारले चालूआर्थिक वर्षको कुल ३६ अर्ब ५७ करोड ९७ लाख बजेट मध्ये असार १५ गतेसम्म ३५.७७ अर्थात १३ अर्ब ७६ करोड २१ लाख बजेट खर्च गरेको छ ।
जेठ मसान्तसम्म प्रदेश सरकारले ११ अर्ब ५९ करोड ९६ लाख बजेट खर्च गरेको थियो । यहि असारको १५ दिनमा २ अर्ब १६ करोड २४ लाख बजेट सरकारले खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । अब प्रदेश सरकारसँग २२ अर्ब ८१ करोड ७६ लाख बराबरको बजेट मौज्दात छ । चालूआर्थिक वर्षको बजेटको तुलनामा विकास बजेटको खर्च झन न्यून छ ।
कर्णाली सरकारसँग विकास बजेट १४ अर्ब ७३ करोड २७ लाख रुपैयाँ मौज्दात रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्