
काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको छ ।
नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले २ हजार ९१७ प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको माग गरेको हो ।
माग भए अनुसार जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना रहेका छन् ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम ती पदमा पदपूर्ति गर्न लागिएको छ ।
यसअघि नै निकालिएको सूचनामा केही संख्या थप गरेर आज पुनः सूचना निकालिएको हो ।
हेर्नुस् विज्ञापन :

प्रतिक्रिया दिनुहोस्