२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा


2.652k
Shares

काठमाडौं । अमेरिकी डलरको नेपाली विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय २६ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ७८ पैसा कायम भएकाे छ । यसभन्दा अघि गत जुलाई १ मा डलर एकको खरिद दर १ सय २६ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ६६ पैसा थियो ।

केही समययता अमेरिकी डलको भाउ लगातार उकालो लागेको हो । नेपाली मुद्रा कमजोर हुँदा डलरको भाउ उकालो लागेको हो। त्यस्तै युरोपियन युरो एकको खरिद १ सय ३१ रुपैयाँ ९० पैसा र बिक्री १ सय ३२ रुपैयाँ ५२ पैसा तोकिएको छ ।