
काठमाडौं । सर्वाेच्चका न्यायाधीश बमकुमार श्रेष्ठको रचनामा ‘जीवनको पाना’ बोलको गीत सार्वजनिक भएको छ ।
गोल्डेन क्रियसन युट्युब च्यानल बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाे हाे । गीतमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायिका बेनिसा पाैडेलकाे स्वर छ ।
देवेन्द्र पाण्डेको निर्देशनमा बनेको गीतकाे भिडियोमा बेनिषा पौडेल, राजेन्द्र वाग्ले र बाल कलाकार विभूति श्रेष्ठले अभिनय गरेका छन् ।
लामो समयपछि शहरबाट गाउँ फर्किएकी एक युवतीले आफ्ना स्वर्गीय बुवा र बालापनका घटनाहरू सम्झिएर कल्पिएको विषयलाई भिडियाेमा मार्मिक ढङ्गले देखाइएकाे छ ।
गीतको भिडियोमा उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्