२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा एमालेको सचिवालय बैठक जारी


143
Shares

काठमाडौं । ललितपुरको च्यासलमा नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (आइतबार) बसेको सचिवालय बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा छलफल भएको छ । वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयाे ।

स्थानीय चुनावमा पार्टी दोस्रो स्थानमा खुम्चिएपछि संघीय चुनावअघि एमाले दवाबमा परेकाे छ । त्यसैले बैठकमा आसन्न चुनावका लागि सम्भावित समीकरणमाथि छलफल हुने नेकपा एमालेले जनाएको छ ।