
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ ।
अब नेपाल र क्यानडाबीचको खेल असार २१ र २२ गते हुनेछ । यसअघि दुई टोलीबीचको खेल असार २० र २१ मा हुने तालिका रहेको थियो ।
नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी–ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले आज आज राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।
यसअघि नेपालले शुक्रबार राति ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो ।
क्यानडाको भ्रमणपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्