२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वप्रकाश शर्मा अमेरिकामा


1.391k
Shares

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न लागेको ११औं वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेमा सहभागी हुन नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका आइपुग्नुभएको छ ।

शर्मा स्थानीय समयअनुसार शनिबार राति डिसीको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका उहाँलाई आयोजकले स्वागत गरेका छन् ।

अमेरिकाको र्‍याले शहरस्थित मेरिएट सिटी सेन्टर, नर्थ क्यारोलिनामा जुलाई ३–४ गते सम्मेलन हुँदैछ । सम्मेलनमा शर्माले गैर आवासीय नागरिकताको विषयमा आफ्ना भनाइ राख्ने आयोजकले जनाएको छ ।

नेपालको संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयकमा गैर आवासीय नेपालीहरूको पनि ध्यान गएको छ । त्यसमा नेपाली कांग्रेसको सकारात्मक भूमिका रहने उनीहरूको अपेक्षा छ ।

दुई दिने कार्यक्रममा महामन्त्री शर्मा प्रमुख अतिथिको रूपमा रहनुहुनेछ । कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देशसमेत प्रस्तुत गरिनेछ ।