२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध


26
Shares

बैतडी । सडक माथिबाट खसेको पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो ।

राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका गाडीहरू बीचबाटोमा अलपत्र परेका छन् ।

राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसंग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।