२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


युक्रेनको लिसिचान्स्क शहर पनि पूर्ण रुपमा रुसको कब्जामा


1.963k
Shares

काठमाडौं । रुसले युक्रेनको पूर्वी शहर लिसिचान्स्कलाई पूर्ण रुपमा कब्जा लिएको छ ।

युक्रेनी सेनाले पनि लिसिचान्स्क रुसी कब्जामा गएको स्वीकार गरेको हाे । युक्रेनी सैनिक जर्नेलले भीषण संघर्षका बाबजुद युक्रेनी सेनापछि हट्न बाध्य भएको जनाएका छन् । त्यसअघि रुसी रक्षामन्त्री सर्गेई शोइगुले लिसिचान्स्क नियन्त्रणमा आएको र लुहान्स्क क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा आएको बताएका थिए ।

युक्रेनको पूर्वी क्षेत्रमा लुहान्स्क र दोनेत्स्क मिलेर डोन्बास औद्योगिक क्षेत्र बनेको हो । जुन युक्रेनको निकै महत्वपूर्ण औद्योगिक क्षेत्र मानिन्छ । सोही शहर कब्जामा लिने क्रममा रुसी सेनाले गरेको गोलाबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको बताइएको छ ।

रुसले आक्रमण सुरु गर्नुअघि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र देशको मान्यता दिनुभएको थियो । एक साताअघि मात्र रुसी सेनाले भारी बमबारीका कारण भग्नावशेषमा परिणत भएको शहर सेभेरोडोनेत्स्कलाई कब्जामा लिएको थियो ।