२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पाकिस्तानमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु, १२ घाइते


78
Shares

काठमाडौं । पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना मानिसको मृत्यु भएको छ ।

राजधानी इस्लामवादबाट क्वेटातर्फ गइरहेको बस अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खस्दा १२ जना मानिस घाइते भएका छन् । पाकिस्तानमा केही दिनदेखि जारी भारी वर्षाका कारण बस चिप्लेर दुर्घटना भएको अनुमान गरिएको छ ।

३५ यात्रु सवार सो बसका केही यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन् ।