७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


403
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज (सोमबार) बिहान देशका अधिकांश स्थानमा सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। सोमबार राती भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै, देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।