३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिदै


5.096k
Shares

काठमाडौं । पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ प्रेमी राहुल मोक्तानसँग विवाह बन्धनमा बाँधिने भएकी छन् ।

लामो समयको प्रेम सम्बन्धलाई दुवै जनाले मंगलबार विवाहमा परिणत गर्न लागेका हुन् । मंगलबार काठमाडाैंकाे गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिने भएकाे छ ।

सदिक्षाले नेवारी परम्परा अनुसार विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र निकट व्यक्तिहरुलाई मात्र निम्तो गरिएको बताइएको छ । पूर्व मिस नेपाल सदिक्षाले सन् २०१० मा मिस नेपालको उपाधि समेत जितेकी थिइन् ।