२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


झापामा विगत पाँच वर्षदेखि वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु


52
Shares

झापा । झापामा २०६४ साल यता वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु भईसकेको छ ।

मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक रहेका छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाबासीले विगतदेखि आवाज उठाइरहेको भएपनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नम्बर–१ प्रदेशसभा सदस्य एकराज कार्कीले बताउनुभयो ।

भारतबाट आउने जङ्गली हात्ती झापाको बहुनडाँगी क्षेत्रमा प्रवेश गरी किसानको बालीनाली सखाप पार्नुका साथै मान्छेलाई पनि आक्रमण गर्ने गरेका छन् । झापामा केही वर्ष पहिले बाहुनडाँगीमा मेची नदीको पश्चिमतर्फ तारको बार लगाईएको थियो ।

यसले केही वर्षसम्म हात्ती प्रवेशमा नियन्त्रण गरेपनि चोरी र तस्करीका कारण बार लगाएको तार नै चोरी भईसकेको छ ।