
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का ३ जना मन्त्री फेरिएका छन् ।
आज साेमबार मन्त्रिपरिषद पुनर्गठन भएको हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार साेमबार अपराह्न ४ बजे नयाँ मन्त्रीको सपथको समय तय भएको छ ।
जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो । जसमा मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्