२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदमा ओली, सरकारले अति नै गरेपछि बोल्न आएको प्रष्टिकरण


663
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सरकारप्रति लक्षित गर्दै इनफ भएपछि बोल्न आएको बताउनुभयो ।

उहाँले मन्त्रीहरू र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको आरोप पनि लगाउनुभयो ।

आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले ‘इनफ इज इनफ’ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले ‘इनफ इज इनफ’ भन्नुभयो ।