१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


शेयर बजारमा सामान्य करेक्सन


143
Shares

काठमाडौं । उतारचढावका बीच सोमबार शेयर बजारमा सामान्य अंकको करेक्सन आएको छ ।

अन्य दिनको तुलनामा यस दिन कारोबार रकम र शेयर किनबेच संख्या वृद्धि भएको छ । सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था र ङ्यादी ग्रुप पावर लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लाग्यो ।

९ अंकले ओरालो लागेको बजार दुई हजार ७६ विन्दुमा पुगेर थामियो ।

१ सय १६ कम्पनीको शेयर मूल्य ओरालो लागेको बजारमा ७१ कम्पनीको मात्र बढेको छ भने ६ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।

यसदिन २ सय ३४ कम्पनीको १ करोड बढी कित्ता शेयर ४ अर्ब ३४ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।