१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएन : प्रेम सुवाल


39
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गर्नुभएको छ ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताउनुभयो ।

सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले जिल्लाका प्रहरी अधिकारीहरूले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताउनुभयो ।

सांसद सुवालले पशुपति क्षेत्रको तलेजु मन्दिरको कौसीमा शौचालय बनाएको भन्दै त्यसलाई कुन सुरक्षा निकायबाट हेर्ने हो ? भन्दै प्रश्न गर्नुभयो ।