
काठमाडौं । विद्युतीय भुक्तानी प्रदायक ‘आइएमई पे’ र ‘स्मार्ट क्यूआर’बीच साझेदारी सम्झौता भएको छ ।
सोमबार भएको सम्झौताअनुसार बीगमार्ट सुपर मार्केटका सम्पूर्ण शाखाहरूमा ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट (अधिकतम ३०० रुपैयाँसम्म) पाउन सकिनेछ ।
डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेको हो ।
साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले कारोबारमा जम्मा २५०० रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्