
काठमाडौं । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा विभिन्न विपद्का घटनामा परी ३ सय ५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाले ज्यान गुमाएका छन् ।
त्यसपछि सबैभन्दा बढी सल्यानमा ६२, मुगुमा ३९, दैलेखमा २२, जाजरकोटमा ३० र कालिकोटमा २३ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश सरकारको कानुन मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार ११ महिनामा आगलागीबाट १५ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परी ५० जनाले ज्यान गुमाएका छन् ।
यस्तै चट्याङ लागेर ४ जनाले ज्यान गुमाएका छन् । कर्णालीमा हिमपहिरोमा परी चारजनाले ज्यान गुमाएका छन् । हिम पहिरोमा परी कालिकोटमा १, जुम्लामा २ र मुगुमा १ जनाको मृत्यु भएको छ ।
कर्णालीमा अन्यभन्दा सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या अत्यधिक छ । साँघुरा कच्ची सडक र चालकको लापरबाहीका कारण सडक दुर्घटना बढ्दो छ ।
चालू आर्थिक वर्षको हालसम्म १ सय ६१ जनाले मात्रै सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्