१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेटौंडा उपमहानगरको बजेट पारित


52
Shares

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित भएको छ ।

सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

नगरको विकासकालागि विभिन्न ठूला तथा साना अधुरा योजनाहरु, नयाँ योजनाहरु सम्पन्न गर्न तथा अगाडि बढाउन अब बाटो खुलेको छ । विनियोजन विधेयक पारित भएसँगै अब नगरको विकासले गति लिने नगरप्रमुख मीना कुमारी लामाले जानकारी दिनुभयो ।