
काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ ।
भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।
नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२/१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।
एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्