
काठमाडौं । अमेरिकी बहुराष्ट्रिय वित्तिय संस्था जेपी मोर्गानले अमेरिका र युरोपले गरेको ब्यवहारमा रुसले बदला लिन चाह्यो भने कच्चा तेलको मूल्य वृद्धिले पराकाष्ठा नाघ्ने चेतावनी दिएको छ ।
रुसले कच्चा तेलको उत्पादन कटौती गर्ने अवस्थामा प्रति ब्यारेल तेलको मूल्य ३८० डलरसम्म पुग्ने सक्ने चेतावनी जेपी मोर्गान चेज एण्ड कम्पनीका विश्लेषकहरुले दिएका हुन् । विश्वका विकसित सात मुलुकहरुले अहिले रुसी तेलको निर्यात रोकेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दवाव बढाउन खोजेका छन् । जसका कारण विश्व बजारमा इन्धनको मूल्य अकाशिएको छ ।
तर रुसी अर्थतन्त्र अहिले पनि यति बलियो छ कि उसले आफूलाई कुनै पनि क्षति नपुग्ने गरी कच्चा तेलको उत्पादन दैनिक ५० लाख ब्यारेल कटौती गर्न सक्ने जेपी मोर्गानको विश्लेषण रहेकाे छ । त्यस्तो अवस्थामा बाँकी विश्वका लागि भयंकर दुर्घटना हुने भन्दै सो संस्थाले भनेको छ ।
३० लाख ब्यारेल कटौती गर्दा लण्डनमा कच्चा तेलको मूल्य १९० डलर पुग्ने छ भने ५० लाख ब्यारेल कटौती गर्दा ३८० डलर पुग्ने छ । तेलको मूल्यमा कडाई गर्नु रुसी अर्थतन्त्रको पक्षमा हुने भएपनि रुसले त्यसो नगरेर पश्चिमा देशहरुलाई मात्रै पीडा दिने रणनीति लिनसक्ने पनि जेपी मोर्गानको विश्लेषण रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्