२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँचथरमा ५ दिने निःशुल्क कृत्रिम दन्त शिविर सन्पन्न : ३ सय बढीले लिए लाभ


169
Shares

पाँचथर । पाँचथरको फिदिममा ५ दिने नि:शुल्क कृत्रिम दन्त शिविरबाट ३ सय बढीले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

फिदिम नगरपालिका, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौं, जिल्ला अस्पताल पाँचथरको संयुक्त आयोजनामा जेष्ठ नागरिक तथा बिपन्न परिवारलाई लक्षित गरेर दन्त शिविर संचालन गरिएको हो ।

शिविरमा १ सय ३ जना ब्यक्तिको दाँत सेट फेरिएको, २ सय जनाको चेकजाँच तथा परामर्श सेवा दिइएको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

आवश्यकता अनुसार आगामी दिनमा पनि स्वास्थ्य शिविर संचालन गरिने उहाँले बताउनुभयो ।

यहि असार १६ गतेबाट सुरु भएको शिविर सोमबार सकिएको हो ।