१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पालिकामा बन्ने अस्पतालमा आँखा र दाँतको उपचारको व्यवस्था हुनुपर्छः मन्त्री खापुङ


65
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत प्रत्येक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताउनुभएको छ ।

मन्त्री खापुङले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढीरहेको बताउनुभयो । उहाँले प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने लक्ष्य सरकारको रहेको बताउनुभयो ।

मन्त्री खापुङले वृद्धवृद्धाहरूको माग आँखा र दाँतको उपचारका लागि धेरै हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरेर सरकार अघि बढेको बताउनुभयो । मन्त्री खापुङले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवर्द्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको बताउनुभयो ।

वैद्य खानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।